काठमाण्डौं, २६ मंसिर । आगामी शुक्रबार हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसनिकट पत्रकार संगठनहरुले भागबन्डा गरेका छन् ।
केन्द्र, प्रदेश र प्रतिष्ठानदेखि जिल्ला तहसम्मै मिलेर जाने सहमति गरेका प्रेस युनियन र प्रेस चौतारीले आज जिल्ला तहको भागबन्डा पनि टुंग्याएका छन् । आज टुंगिएको भागबण्डा अनुसार ४३ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् ।
युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ । दुई संगठनबीच भएको समझदारीमा युनियनका अध्यक्ष शिव लम्साल र चौतारीका अध्यक्ष गणेश बस्नेतले हस्ताक्षर गरेका छन् । महासंघको केन्द्रीय अध्यक्ष चौतारीले पाएको छ ।
चौतारीबाट निर्मला शर्मा उम्मेदवार बनेकी छन् । उनलाई युनियनका बागी उम्मेदवार रमेश विष्टले टक्कर दिनेछन् ।




युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया