कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

प्रहरीले अनुसन्धान सकेर आउँदो साता जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज सातौँपटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ।

यसअघि छैटौँपटक थपिएको चार दिनको म्याद बुधबार सकिएपछि म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको हो। कार्यालय समय शुरु भएपछि लामिछानेलाई थप हिरासतमा राख्ने अनुमति माग्नका लागि अदालतमा लगिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्त शर्माले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।

लामिछानेलाई हिजो पर्सामा बयान सकेर बाराको सीमारा विमानस्थल हुँदै काठमाडौं ल्याएर पोखरा लगिएको थियो। ५५ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेको रूपन्देही, काठमाडौँ, चितवन र पर्सा जिल्लामा बयान भइसकेको छ। प्रहरीले संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ।

प्रहरीले अनुसन्धान सकेर आउँदो साता जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया