कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं,  २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

गत कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया