काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्तिमा केही दलले कार्यकर्तामार्फत् अवरोध सिर्जना गरेको बताएको छ।
योग्यता र क्षमताको आधारमा गर्ने नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्दा केही आशा पलाए पनि अहिले पुनः कार्यकर्तामार्फत् अवरोध सिर्जना गर्न खोजिएको भन्दै रास्वपाले आपत्ति जनाएको हो।
दलगत भागबन्डाको आधारमा विश्वविद्यालय चलाउँदा देशको शिक्षा क्षेत्रको साख निरन्तर खस्कँदो रहेको तथा योग्यतालाई बेवास्ता गर्दा नेपालको शैक्षिक क्षेत्र राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनेको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
सरकार र सत्तारुढ दलबाटै उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति आपत्ति जनाउँदै पार्टीले विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य नभएको दोहोर्याएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया