कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुदूरपश्चिमका अर्थमन्त्री थापा वैवाहिक बन्धनमा

कञ्चनपुरको सिसैंयाकी भावना विष्टसँग कसे लगनगाँठो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी, मङ्सिर २८ गते। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनु भएको छ ।

यसअघिसम्म विवाह नगरी बस्नु भएका उहाँ कञ्चनपुरको सिसैंयाकी भावना विष्टसँग लगनगाँठो कस्नु भएको हो।मन्त्री थापा यसअघिसम्म विवाह नगरी अविवाहित बसेको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बताउनुभयो।

थापाको जन्म २०१६ चैत १ गते बैतडीको दशरथचन्द नगरपालिकामा भएको थियो।हाल उहाँ कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आउनु भएको छ।

नेपाली कांग्रेसका नेता थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया