श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अधिकार प्राप्तिको लडाइँमा कुनै शक्तिसँग सम्झौता नगर्ने प्रचण्डको दाबी

संविधानमा आम उत्पीडित समुदायका अधिकार सुनिश्चित गरिएको भएपनि परिवर्तन विरोधीहरूले अधिकार खोस्ने प्रयास गरिरहेको जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकार प्राप्तिको लडाइँमा कुनै शक्तिसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

आज रुपन्देहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानमा आम उत्पीडित समुदायका अधिकार सुनिश्चित गरिएको भएपनि परिवर्तन विरोधीहरूले अधिकार खोस्ने प्रयास गरिरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफ्नो प्रधानमन्त्री कार्यकालमा विदेशमा भएका लाखौँ नेपाली युवाहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका दाबी गर्नुभयो ।

उहाँले २०८४ को निर्वाचनमा माओवादीलाई पहिलो शक्तिका रुपमा स्थापित हुने गरी लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया