श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काँग्रेस सभापति देउवाले दिए योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाको शुभकामना

किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा काँग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात-जातिको आ-आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गदै उनले शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गरेका छन् । यी पर्वहरूले नेपाली समाजमा सद्भाव बढाउँदै आएको छ ।

यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास आफूले लिएको र यी महत्त्वपूर्ण पर्वका अवसरमा सबैमा उनले शुभकामना व्यक्त गरेका छन् ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया