श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय – उपसभापति खड्का

कांग्रेसलाई स्थापनाकालदेखि यसको साङ्गठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इनरुवा (सुनसरी), ३० मङ्सिरः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको दोस्रो जिल्ला अधिवेशनको शनिबार यहाँ उद्घाटन गर्दै उहाँले नेपाली कांग्रेसलाई स्थापनाकालदेखि यसको साङ्गठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताउनुभयो ।

कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर आजादलगायत उपस्थित हुनुहुन्थ्यो ।

यसैबीच, सङ्घको कोशी प्रदेश सभापतिमा इस्राइल मन्सुरी सर्वसम्मत चयन हुनुभएको छभने उपसभापतिमा मोहम्मद महताब आलम, सचिवमा मोहम्मद बसिर मियाँ चुनिनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया