श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

बैठकमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले आज आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।

काठमाडौंका पूर्वमेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेस बैठक बस्न लागेको हो । बैठकमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया