तपाईं एकीकृत समाजवादी प्रवेश गर्दै हुनुहुन्छ ?
हो, तर त्यसलाई प्रवेशभन्दा पनि एकता भन्नुपर्छ । म मात्रै जाने होइन, मसँग पनि नेता/साथीहरू हुनुहुन्छ ।
एकीकृत समाजवादीका नेताहरूले तपाईंलाई प्रवेश गराउने तयारी थालेको बताउनुभएको छ ?
होला, त्यो राम्रो हो । हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले त्यसका लागि दुई-दुईपटक निर्णय नै गरिसकेको छ ।
एकीकृत समाजवादीले प्रवेश भनेको छ, तपाईं पार्टी एकता भन्नुहुन्छ, खास के हो ?
म बुहारी भित्रिए जसरी भित्रिन्नँ, सम्मानजनक रूपमा जाने हो । सबै नेता/साथीहरू जाने हो । म मात्रै जान्नँ । त्यो मैले प्रष्ट रूपमा भनेको पनि छु ।
अनि तपाईं त एमालेमै फर्किने कुरा थियो होइन र ?
एमालेले नलाने रे ! पार्टी एकता नगर्ने रे भन्ने सूचना आयो । त्यसपछि अगाडि बढिएन । म मात्रै गए मात्रै स्वीकार्ने भन्ने कुरा आयो क्यारे !
भनेपछि अब एकीकृत समाजवादी जाने ‘कन्फर्म’ भयो ?
अब एकीकृत समाजवादीले कहिले र कसरी भित्र्याउँछ, हेरौँ । तर, ढिलो भइरहेको छ । हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले दुई-दुईपटक निर्णय गरिसकेको छ ।
अहिलेसम्मचाहिँ एकीकृत समाजवादीले नभित्र्याएको कि तपाईं नभित्रिनुभएको ?
एकीकृत समाजवादीले नभित्र्याएको हो नि ! मत एकीकृत समाजवादी बनेयता भित्रिने पक्षमै छु नि । तर, उसले भित्र्याउने निर्णय गरेको छैन खै ! अब गर्ला ।
कहिलेसम्म एकता होला त तपाईंहरूको ?
लाग्ला नि केही दिन । उताको केन्द्रीय समितिमा निर्णय भएको छैन होला । निर्णय भएपछि अगाडि बढ्ने होला ।
एकीकृत समाजवादीमा तपाईंको ‘पोजिसन’ के हुन्छ ?
सम्मानजनक हुनुपर्छ । यसबारे अहिल्यै कुरा भइसकेको छैन ।
तपाईंको माग के हो ?
कुरा गर्नुपर्छ । नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया