असार २६, २०८२ बिहिबार July 10, 2025

हङकङसँगको एक दिवसीय यू-१९ सिरिज नेपालले जित्यो

नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हङकङसँगको ३ खेलको एक दिवसीय यू-१९ सिरिज नेपालले जितेको छ । लगातार दुई खेलमा जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेका हो । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गर्यो ।

मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमा समेटियो । हङकङका कप्तान शिव माथुरले सर्वाधिक १६ रन जोडे । प्रित मांगुकिया र आरेज डरले १४-१५ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका दयानन्ड मण्डलले ४, अपराजित पौडेल र किर्बिन श्रेष्ठले दुईदुई र नरेन भट्ट र सन्तोष यादवले एकएक विकेट लिए त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो । नेपालका लागि सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । १०९ बल खेलेका ओपनर कुँवरले ९ चौका र एक छक्का प्रहार गरे । सन्तोष यादव ५४ बलमा ६६ रनमा अविजित रहे ।

कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलि ४१ रनमा आउट भए । बलिङमा डेनियल म्यापले सर्वाधिक ३ विकेट लिए । अन्तिम खेल शुक्रबार हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार