असार २६, २०८२ बिहिबार July 10, 2025

सुखीपुरमा चौथो नगर कप टि–२० क्रिकेट प्रतियोगिता

सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा,  पुस ४ गते ।  सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिकेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ यही पुस ७ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।

नगर सुधार समिति सुखीपुरको आयोजना र स्थानीय क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता हुने समितिका संयोजक भुवन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउने छन् ।

प्रतियोगिताको लागि अहिले खेल अभ्यास  गराउँदै आएको संयोजक यादवले जानकारी दिनुभयो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको पहिचान गरिने र उनीहरुको विकासमा नगरले ध्यान दिने नगरप्रमुख रामऔतार यादवले बताउनुभयो ।

त्यसैगरी उहाँले खेलको व्यवसायीकरणबाट नगरको प्रतिष्ठा र गौरव बढाउन सकिने भएकाले प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको पनि जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार