असार २६, २०८२ बिहिबार July 10, 2025

गुल्मीमा भलिबल प्रतियोगिता हुँदै

विजेताले रु दुई लाख एक हजार, दोस्रो हुनेले रु एक लाख एक हजार र तृतीय हुने टोलीलाई रु ५१ हजार पुस्कार प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मी, ७ पुस : गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको विजेताले रु दुई लाख एक हजार, दोस्रो हुनेले रु एक लाख एक हजार र तृतीय हुने टोलीलाई रु ५१ हजार पुस्कार प्रदान गरिने महोत्सवका खेल संयोजक लक्ष्मण फुल्लेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा एक दर्जनभन्दा बढी टोली सहभागी हुने बताइएको छ । महोत्सवमा भलिबलका साथै स्थानीय कृषि उपज, स्थानीय घरेलु वस्तु, शैक्षिक सामग्री, स्थानीयस्तरमा रहेका पम्परागत झाँकीको प्रदर्शनी, नृत्य प्रतियोगीतालगायत कार्यक्रम गर्न लागिएको गुल्मी मुसिकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार