असार २६, २०८२ बिहिबार July 10, 2025

प्रिमियर लिग : म्यानचेस्टर सिटी एस्टन भिल्लासँग २-१ गोल अन्तरले पराजित

एस्टन भिल्लाको जितमा जोन डुरान र मोर्गन रोजर्सले एक एक गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। म्यानचेस्टर सिटी प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएको छ ।

शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग २-१ गोल अन्तरले पराजित भएको हो । एस्टन भिल्लाको जितमा जोन डुरान र मोर्गन रोजर्सले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल फिल फोडेनले गरेका थिए ।

यो जितपछि एस्टन भिल्लाको १७ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीले भने यस सिजनमा छैटौं हार बेहोरेको छ । सिटीको १७ खेलमा २७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया