असार २६, २०८२ बिहिबार July 10, 2025

नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई

अर्घाखाँची आवासीय माविलाई सोझो सेटमा हराउँदै जनज्योति मावि विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अर्घाखाँची, ७ पुस : अन्तरपाटी महिला सञ्जाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा आयोजना गरिएको उपप्रमुख कप नगरस्तरीय महिला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि जनज्योति माविले जितेको छ ।

सन्धिखर्क नगरपालिकाका ११ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको आज भएको फाइनल खेलमा अर्घाखाँची आवासीय माविलाई सोझो सेटमा हराउँदै जनज्योति मावि विजेता बनेको हो ।

आयोजक अन्तरपाटी महिला सञ्जालका अध्यक्ष चन्द्रा गैरेका अनुसार प्रतियोगितामा अर्घाखाँची आवासीय मावि द्वितीय, गौरीशङ्कर इङलिस बोर्डिङ स्कुल तृतीय र भगवती मावि शङ्खेटारीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित क्रमशः रु २० हजार, रु १५ हजार, रु आठ हजार र रु पाँच हजार प्राप्त गरेका छन् ।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त प्रतियोगिता शुक्रबारदेखि सन्धिखर्कको टुँडिखेलमा सुरु भएको थियो । छात्राहरु खेलमा पनि अब्बल छन् भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सन्धिखर्क नगरका उपप्रमुख मिश्रा आचार्यले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार