असार २६, २०८२ बिहिबार July 10, 2025

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता माघमा हुने

नेपालका ए डिभिजनका ५ क्लबसहित भारत र भुटानका क्लब प्रतिस्पर्धी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी । मोफसलकै प्रतिष्ठित बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण माघमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै माघ १९ देखि २६ सम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो ।

धरान–१६ स्थित धरान रंगशालामा हुने प्रतियोगितामा आयोजकसहित ८ टिम सहभागी हुने अध्यक्ष प्रताप तामाङले बताए । नेपालका ए डिभिजनका ५ क्लबसहित भारत र भुटानका क्लब प्रतिस्पर्धी हुनेछ ।

गत वर्ष विजेता एनआरटी, लिग च्याम्पियन चर्च ब्वाइज, नेपाल पुलिस, त्रिभुवन आर्मी, मछिन्द्र फुटबल क्लब, भुटान फुटबल एकेडेमी, यूके एफसी भारत, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, राष्टिय जागृति क्लब इटहरी र आयोजक धरान फुटबल क्लबले भाग लिने आयोजकले जनाएको छ । विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् ।

उत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् । म्यान अफ द म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार तथा विधागत उत्कृष्टले जनही २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा ९८ लाख ७५ हजार खर्च हुने र १ करोड २ लाख २५ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको आयोजकले बताएका छ । प्रतियोगितालाई धरान उपमहानगर पालिकाले संयोजन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार