मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

दोस्रो थन्डरबोल्ट्स कपको उपाधि जेम्स स्कुलले जित्यो

एभीएम स्कुलले दोस्रो तथा नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः दोस्रो थन्डरबोल्ट्स कप २०२४ को उपाधि जेम्स स्कुलले जितेको छ । मंगलबार भएको अन्तिम प्रतिस्पर्धाको नतिजामा कुल ४८ अंक जोड्दै जेम्स च्याम्पियन बनेको हो ।

त्यस्तै एभीएम स्कुलले दोस्रो तथा नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारे । दुबै स्कुलले समान २३ अंक प्राप्त गरेको भएपनि वढी स्वर्ण पदक जितेको आधारमा एभीएम दोस्रो स्थानमा रहन सफल भयो ।

एघार खेल, २८ विधा र त्यस अन्तर्गतका विभिन्न प्रतिस्पर्धाबाट सबैभन्दा बढी अंक प्राप्त गरेको जेम्सले च्याम्पियन्स कपसहित ५ लाख नगद प्राप्त गर्यो । पहिलो संस्करणमा पनि जेम्स स्कुल नै च्याम्पियन बनेको थियो ।

एघार दिन लामो चलेको प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरी १ सय ४० भन्दा बढी स्कुल र ४ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले विजेता छात्र–छात्रा, विजेता टिम र विजेता स्कुललाई मेडल तथा ट्रफी प्रदान गरे ।

आयोजक स्कुलका तर्फबाट खेलकुद निर्देशक सौरभ सिंहले आउँदा वर्षमा देशव्यापी रुपमा अझ धेरै विद्यालयहरुको सहभागिता रहने गरी आउँदो वर्षको प्रतियोगिता अझ ठूलो रुपमा आयोजना गर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार