असार २६, २०८२ बिहिबार July 10, 2025

चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता : बौद्ध भेट्रान च्याम्पियन

बौद्धका सञ्जय लामा र उमेश लामाले समान १–१ गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बौद्ध भेट्रानले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ। पहिलो संस्करणदेखि निरन्तर सहभागी बौद्ध पहिलोपटक च्याम्पियन बन्न सफल भयो।

चावहिलमा भएको प्रतियोगिताको फाइनलमा बौद्धले फ्रिडम एक्सपर्टलाई २–० गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । बौद्धका सञ्जय लामा र उमेश लामाले समान १–१ गोल गरे । उमेशनै फाइनलको ‘म्यान अफ द म्याच’ बने। उपाधिसंगै बौद्धले १ लाख नगद पुरस्कार हात पार्‍यो भने फ्रिडमले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमकाद्वय निलेन्द्र देवान ‘म्यान अफ द टुर्नामेन्ट’ र प्रकाश राना उत्कृष्ट खेलाडी चुनिए। बौद्धकाद्वय धर्मेन लामा उत्कृष्ट गोलरक्षक र कृष्ण लामा उत्कृष्ट डिफेन्डर बने। चारैले जनही ५ हजार नगद पुरस्कार पाए।

विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, सदस्यद्वय सुरेश शाही र कल्पना सुन्दासलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा मोफसलका ३ सहित २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया