असार २६, २०८२ बिहिबार July 10, 2025

महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा

बुधबारदेखि सुरू हुने बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आउने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन। आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली चितवन आएको हो।

चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाका अनुसार यही बुधबारदेखि सुरू हुने बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आउने क्रम जारी छ। उनले भने, “आजसम्म सबै खेलाडी चितवन आइ पुग्नेछन्।’ कतिपय हवाई मार्ग हुँदै आएका छन् भने कतिपय सडकबाट आउँदै गरेको उनले जानकारी दिए।

बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने उनले जानकारी दिए। बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ। बुधबार दिनको १२ः३० बजेदेखि बन्द प्रशिक्षण सुरू हुने उनले जानकारी दिए। यहाँको बन्द प्रशिक्षण सकिए लगतै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्ने उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार