काठमाडौँ, पुस १० गते । नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी काठमाडौँमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज अन्तर्गत मिक्स युगलको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार भएको खेलमा प्रिन्स र रसिलाको जोडीले क्षितिज खनाल र शोभा गौचनको जोडीलाई २१-११, २१-१२ को सोझो सेटमा हराउनुभयो । यससँगै प्रिन्स र रसिलाको जोडीले कम्तीमा काँस्य पदक पक्का गर्नुभएको छ ।
प्रिन्स र रसिलाको जोडीले सेमिफाइनलमा थाइल्यान्डका खेलाडी नोनताकोर्न थोङ अन र कोडचापोर्न चाइचनाको जोडीसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया