असार २६, २०८२ बिहिबार July 10, 2025

लुम्बिनी कप राष्ट्रिय महिला फुटबल फागुन १९ गतेदेखि नेपालगञ्जमा हुने

फुटबल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज। लुम्बिनी कप राष्ट्रिय महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपालगञ्जमा हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा नेपालगञ्ज रङ्गशालामा हुने उक्त फुटबल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजकलाई पत्रमार्फत लुम्बिनी कप महिला फुटबल सञ्चालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो । यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू जन्माउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताउनुभयो ।

यसअघि गत मङ्सिर १६ गते नेपाली महिला फुटबल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमा सिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुब्बाले संयुक्तरुपमा राजधानी काठमाडौँमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको थियो । लोगोमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झन्डाको रङ्ग निलो र सिम्रिक रातो प्रयोग गरिएको छ । सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटबलको विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिँदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रूप लिन लागेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार