असार २६, २०८२ बिहिबार July 10, 2025

पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि

कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद तीन लाख नगदसहित पदक एवं प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेलाई दुई लाख पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

प्रतियोगिता आयोजक समितिले प्रतिस्पर्धामा भाग लिन चाहने समूहलाई यही पुस २० गते भित्रमा आवेदन दर्ता गर्न आज एक सूचना निकालेर आह्वान गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया