असार २५, २०८२ बुधबार July 9, 2025

१७ स्वर्ण पदकसिहत च्याम्पियनसिपको उपाधि नेपाललाई

विजयी खेलाडीलाई भारतीय राष्ट्रिय कराते सङ्घका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पुणे (भारत), पुस १४ गते । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले पाँच रजत र दुई कास्य पदक समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्णपदक हात पार्न सफल भएकी थिइन् । यस्तै बिपीन रानाले ५० किलो तौल समूहमा र शाहिल गुरुङले ५५ किलोमा स्वर्ण पदक प्राप्त गरे । यस्तै नेपालका बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्त्याल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई र आकृति छन्त्यालले समेत स्वर्ण पदक जित्न सफल भए ।

प्रतियोगितामा भारत १६ स्वर्ण, २९ रजत र ६१ कास्य पदक प्राप्त गरी द्वितीय तथा श्रीलङ्का ६ स्वर्ण, पाँच रजत र १५ कास्य पदक प्राप्त गरी तृतीय भयो ।

यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक प्राप्त गरेका थिए । यस्तै समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जिते ।

विजयी खेलाडीलाई भारतीय राष्ट्रिय कराते सङ्घका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गरे । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काक विभिन्न उमेर समूहका एक सयभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन सङ्घ, नेपालका तर्फबाट विभिन्न तौल र उमेर समूहका १८ महिला तथा पुरूष खेलाडी सहभागी रहेका संस्थाका अध्यक्ष केवी रानाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार