असार २५, २०८२ बुधबार July 9, 2025

फाल्गुनन्द गोल्ड कप : उपाधिका लागि मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेड बिच खेल हुँदै

प्रि म्याच प्रेस कन्फ्रेसमा दुवै पक्षका प्रशिक्षकले आआफ्नो जितको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फिदिम, पुस १५ गते । फिदिम माविको खेल मैदानको वातावरण आज तातिने भएको छ । आज ११औँ फाल्गुनन्द गोल्ड कपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड बिच रोमाञ्चक टक्कर हुँदै छ । यो खेल मात्र एक उपाधि भिडन्त नभई, काठमाडौँका दुई ए डिभिजनका प्रतिष्ठित क्लबहरूबिचको प्रतिष्ठाको लडाइँ पनि हो । प्रि म्याच प्रेस कन्फ्रेसमा दुवै पक्षका प्रशिक्षकले आआफ्नो जितको दाबी पेस गरेका छन् ।

मच्छिन्द्र फुटबल क्लबको तयारी

पछिल्ला प्रतियोगिताहरूमा प्रभावशाली प्रदर्शन गर्दै आएको मच्छिन्द्र फुटबल क्लब यो खेलका लागि प्रबल दाबेदार मानिन्छ । टिमका सशक्त खेलाडीहरू देवेन्द्र तामाङ, विशाल घलान, उत्सव राईले आज पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । प्रशिक्षक सन्तोष न्यौपानेले भन्नुभयो, “हाम्रो लक्ष्य केवल उपाधि हो । हामीसँग मैदानको अनुभव पनि छ । खेलाडीहरू पूर्ण रूपमा तयार छन्, र टिमको सामूहिक प्रयासले आजको खेल जित्नेछ ।”

चर्च ब्वाइज युनाइटेडको रणनीति

यस पटक चर्च ब्वाइज युनाइटेडले फाइनलसम्मको यात्रा रोमाञ्चक बनाएको छ । टोलीका लागि विदेशी खेलाडीको समावेशले आक्रमण क्षमता बलियो बनाएको छ । विशेष गरी स्ट्राइकर समीर तामाङको प्रदर्शन प्रशंसनीय रहेको छ । प्रशिक्षक सुमन श्रेष्ठले आफूहरू आत्मविश्वासका साथ मैदानमा उत्रने बताउनुहुन्छ । उहाँले मच्छिन्द्रलाई हराउने योजना स्पष्ट रहेको पनि सुनाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार