असार २६, २०८२ बिहिबार July 10, 2025

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामलाई ५-० ले हराउदै लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा

पछिल्लो दुई महिनाका १३ खेलमा पेप ग्वार्डिओलाको सिटी नौ पल्ट पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आक्रामक लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार वेस्ट ह्यामलाई ५-० ले पराजित गरेको छ र लिग तालिकाको शीर्षमा आफ्नो अग्रतालाई आठ अंक बनाएको छ ।

खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर सिटी भने फेरि जित हात पार्न असफल रह्यो । सिटीले रेलिगेसन बच्न संघर्षर लेस्टर सिटीलाई २-० ले हराएको हो ।

यस्तै, लगातार पाँचौं जित निकाल्दै नटिङघम फरेस्ट अंक दोस्रो स्थानमा उक्लिन सफल रह्यो । उसले एभरटनलाई २-० ले हरायो । टोटनहमले भने उल्भ्ससँग २-२ को बराबरी खेल्यो । पूरा दिनको सबैभन्दा ठूलो विजेता भने लिभरपुल नै रह्यो । कीर्तिमान २० औं लिग उपाधि जित्ने क्रममा रहेको आर्ने स्लटका लिभरपुललाई अहिले तत्काल रोक्न नसकिने देखिएको छ ।

उसले सबै प्रतियोगिता गरेर २७ खेलमा २३ औं जित आत्मसात् गरेको छ । वेस्ट ह्यामविरुद्ध लुइस डियाजले लिभरपुलका लागि पहिलो गोल गरेपछि कोडी गाक्पो, मोहमद सलाह, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र डिएगो जोटाले गोल थपे । यसैक्रममा इजिप्टका सलाहले भने यस सिजनको आफ्नो २० औं गोल पूरा गरेका छन् ।

‘आजको खेलबाट खुबै मज्जा आयो, किनभने सधैं यस्तो जित सम्भव हुन्न,’ स्लटले जितपछि भने । दिनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले अक्टोबरको अन्त्ययता पहिलो जित निकालेको हो । पछिल्लो दुई महिनाका १३ खेलमा पेप ग्वार्डिओलाको सिटी नौ पल्ट पराजित रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार