असार २४, २०८२ मंगलबार July 8, 2025

सन् २०२४ को बिदाइसँगै बेल्जियममा ई–सिगरेटमाथि प्रतिबन्ध

प्रतिबन्धका कारण निर्माताले आफ्ना उत्पादनलाई रोके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ब्रसेल्स । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट) को सेवनलाई बेल्जियमले प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय तमाखु विरोधी योजनाको एक भागको रूपमा युवाको स्वास्थ्यको रक्षाका लागि बेल्जियममा २०२५ जनवरी १ देखि डिस्पोजेबल भेप्स (विद्युतीय–चुरोट) बेच्न निषेध गरिने छ ।

युरोपियन युनियनले सन् २०४० सम्ममा सुर्तीजन्य पदार्थमुक्त उत्पादन हासिल गर्ने लक्ष्य लिएको छ, जसले २७ देशको समूहको धूमपान गर्ने जनसङ्ख्यालाई हाल २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतभन्दा कममा झार्ने छ । इयुका केही देशले त्यो समयसीमालाई अगाडि ल्याउने योजना बनाएका छन् ।

पारम्परिक सुर्तीजन्य पदार्थको धूमपानभन्दा भ्याप्सलाई कम हानिकारक भनी विज्ञापन गरिने गरिएको छ ।

निर्माताले युवा प्रयोगकर्तालाई उनीहरूको आकर्षक रङ्गीन पाकेट र मुख रसाउने स्वाद र प्रदूषित धुवाँ र गन्धबाट बच्न विद्युतीय चुरोटको प्रयोग गर्न प्रेरित गर्नेगरेको पाइन्छ । विद्युतीय चुरोटलाई सुरक्षित भनी निर्माताले गर्ने प्रचारका बाबजुद पनि यिनीहरूमा निकोटिन हुन्छ र यसले मानिसलाई धूमपानका लागि अत्यधिक लत लाग्छ ।

आलोचकले प्रतिबन्धलाई यो अधिक पारम्परिक तमाखु उत्पादनको लागि सम्भावित कदम भएको दाबी गरेका छन् ।

बेल्जियमको धूमपानविहीन समाज गठबन्धन प्रवक्ता नोरा मेलार्डले भन्नुभयो– ॅसमस्या के हो भने युवाले आफ्नो निकोटिनको मात्रा थाहा नपाई भ्याप्स प्रयोग गर्न थाल्छन् र निकोटिन लतमा फस्छन् ।’

उहाँले भन्नुभयो– ‘हामीलाई प्राप्त जानकारीअनुसार युवाले रातको समयमा उठेर विद्युतीय चुरोट सेवन गर्छन् र यो धेरै चिन्ताजनक बिषय हो ।’

बेल्जियमले पाँच वर्षभन्दा पहिले बजारमा आएका डिस्पोजेबल ई–सिगरेटद्वारा उत्पन्न खतराबारे द्रुत रूपमा प्रतिक्रिया जनाउँदै सन् २०२१ मा सङ्घीय सरकारले इयुको कार्यकारी निकाय युरोपेली आयोगमा डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउने प्रस्ताव पेस गरेको थियो ।

कुनै पनि बिक्री प्रतिबन्धको लागि आफ्नो अनुमोदन दिनुपर्ने आयोगले मार्च २०२४ मा बेल्जियमलाई सकारात्मक प्रतिक्रिया दिएको र यसले राष्ट्रिय कानुन लागु गर्न मार्गप्रशस्त गरेको छ ।

फ्रान्सले पनि यस्तै प्रतिबन्धका लागि इयुको स्वीकृति पाएको छ । कुनै पनि उल्लङ्घनका लागि एक लाख चार हजार अमेरिकी डलर बराबरको जरिवानासहित भेप्सको उत्पादन, बिक्री र निःशुल्क आपूर्तिमा प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा ल्याउने तयारी फ्रान्सले गरेको छ ।

फ्रान्स र बेल्जियमका स्वास्थ्य अधिकारीले निकोटिनको दीर्घकालीन सेवन विशेष गरी किशोरकिशोरीको मस्तिष्कका लागि हानिकारक हुने र यसले अन्य लागुपदार्थको प्रयोगलाई प्रोत्साहित गर्न सक्ने बताएका छन् ।

सन् २०२३ मा इयुले गरेको एक अध्ययनअनुसार अधिकांश विद्युतीय चुरोट प्रयोगकर्ताले रिचार्जेबल भेप रोज्ने गरेको तर डिस्पोजेबल संस्करण १५ देखि २४ वर्ष उमेर समूहका युवामाझ लोकप्रिय रहेको पाइएको छ ।

कम लागत, सेवन गर्न सजिलो र सामाजिक मिडियामा जताततै विज्ञापन आएका कारण डिस्पोजेबल भेप्स पनि उनीहरूको आकर्षण हुने गरेको छ ।

पाँच वा छ युरोमा पाइने डिस्पोजेबल भेप्स २० पाकेट चुरोटको आधा मूल्य हो । विशेषज्ञका अनुसार नौ हजार सर्को तान्न मिल्ने क्षमता भएका केही भेप्समा ३०० भन्दा बढी चुरोटबाट पाउने सन्तुष्टि मिल्ने गर्छ ।

ब्रसेल्सका धेरै तमाखु पसलमा एकल प्रयोग ई–सिगरेटको अभाव भइरहेको देखिन्छ । प्रतिबन्धका कारण निर्माताले आफ्ना उत्पादनलाई रोकेका छन् । (रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार