असार २५, २०८२ बुधबार July 9, 2025

महिला फुटबल : आर्मीद्वारा बागमती पराजित

शुक्रबार पुलिस र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १८ पुस : राजधानीमा जारी एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा आज भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन् । उनले खेलको पहिलो हाफमा एक गोल गरिन भने खेलको दोस्रो हाफमा अर्को गोल थपिन । विमलाले खेलको २५औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै उनले खेलको ७१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै आफ्नो टोलीलाई जित दिलाइन ।
आर्मीले लिगको पहिलो चरणको खेलमा पनि बागमतीलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोतिामा दोस्रो चरणमा विभिन्न पाँच टोली सहभागी छन् । आगामी माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी, वालिङ नगरपालिका र बागमती सहभागी छन् । शुक्रबार पुलिस र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार