असार २५, २०८२ बुधबार July 9, 2025

इङ्लिस प्रिमियर लिग : वेस्ट ह्यामविरुद्ध सिटीको सहज जित

गएराति भएको अर्को खेलमा बेनफोर्डले साउथहेप्टनलाई ५–० ले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एर्लिङ हालान्डले हानेका २ गोल सहयोगमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडविरुद्ध सहज जित हासिल गरेको छ।

शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्ट ह्यामलाई ४–१ ले हराएको हो। पहिलो हाफको १०औँ मिनेटमा वेस्ट ह्यामका भ्लादिमिर काउफलको उपहार गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो।

खेलका ४३ र ५५औँ मिनेटमा हालान्डको गोलमा सिटीले ३–० को अग्रता बनायो। हालान्डका दुवै गोलमा साभिन्होले असिस्ट गरेका थिए। हालान्डले पछिल्लो तीन पहिनामा प्रिमियर लिगमा पहिलोपटक २ गोल गरेका हुन्।

खेलको ५८औँ मिनेटमा फिल फोडेनको गोलमा सिटीले ४–० को अग्रता लिएको थियो। खेलको ७१औँ मिनेटमा वेस्ट ह्यामका निकलस फुलक्रुगले गरेको गोल सान्त्वना बन्यो।

गएराति भएको अर्को खेलमा बेनफोर्डले साउथहेप्टनलाई ५–० ले हरायो। लेस्टर सिटी एस्टोन भिल्लासँग २–० ले पराजित हुँदा हार्दा एभर्टन बर्नमाउनसँग १–० ले हार्‍यो।

पछिल्लो समय लयमा रहेको न्यु क्यासलले टोटनह्यामविरुद्ध २–१ को जित हासिल गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार