असार २५, २०८२ बुधबार July 9, 2025

जय ट्रफी : आर्मी र पुलिसको खेल बराबरीमा

आर्मीका लागि सहाब आलिम एक्लैले आठ विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जय ट्रफी मेन्स एलाइट कप अन्तर्गतको आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

वीरगञ्जमा सम्पन्न खेलमा आर्मीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेल समाप्त हुँदा पाँच विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सफल भयो ।

आइतबार टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो पारीमा ३४ दशमलव चार ओभर खेल्दै १० विकेटको क्षतिमा एक सय २१ मात्र बनायो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिए । साथै कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक/एक विकेट लिए ।

त्यसपछि ब्याटिङमा उत्रिएको पुलिसको पनि ब्याटिङ राम्रो भएन । कूल ३३ दशमलव एक ओभर खेल्ने क्रममा अलआउट हुँदै पुलिसले एक सय २५ रन बनायो । यद्यपि पुलिसले आर्मीसँग चार रनको अग्रता कायम ग¥यो ।

आर्मीका लागि सहाब आलिम एक्लैले आठ विकेट लिए । साथै सोमपाल कामी र पवन कार्कीले एक/एक विकेट लिए ।

पहिलो पारीमा चार रनले पछि परेको आर्मीले दोस्रो पारीमा सोमपाल कामीको ८२ रनको उत्कृष्ट पारीको सहायतामा अलआउट हुनुअघि एक सय ७५ रन बनायो । एक सय ७१ रनले अघि रहेको आर्मीले पुलिसलाई एक सय ७२ रनको लक्ष्य दिएको थियो । आर्मीका लागि दोस्रो पारीमा तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

पुलिसका लागि दोस्रो पारीमा कुशल भुर्तेलले चार विकेट लिए भने गुलशन झाले तीन, ललित राजवंशीले दुई र राशिद खानले एक विकेट लिए ।

कूल १७२ रनको लक्ष्य पछ्याएको पुलिसले दोस्र्रो पारीमा ४० दशमलव तीन ओभर खेल्ने क्रममा ८८ रन बनाउँदा खेल सकियो । उसका लागि अमिर श्रेष्ठले सर्वाधिक ३६ रनको योगदान दिए भने अर्जुन साउदले १९ रन बनाए । आर्मीका लागि आकाश चन्द र सादाब आलमले समान दुई  विकेट लिए भने पवन कार्कीले एक विकेट लिए ।

जारी प्रतियोगिताको आजै सम्पन्न मधेश प्रदेश र बागमती प्रदेशबीचको खेल पनि बराबरीमा सकिएको छ । प्रतियोगिताको तेस्रो खेल यही पुस २८ गते मधेस प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछभने चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार