असार २५, २०८२ बुधबार July 9, 2025

मधेसविरुद्ध आर्मीले बनायो उच्च स्कोर, रञ्जित कुमारको फाइफर

आर्मीका लागि भीम सार्की र बसिर अहमदले अर्धशतकीय पारी खेले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जय ट्रफी एलिट कप क्रिकेटमा मधेस प्रदेशविरुद्ध पहिलो दिनको खेलमा त्रिभुवन आर्मी क्लबले २२५ रन बनाएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा आर्मीले ५९.३ ओभरमा ९ विकेटको क्षतिमा २२५ रन बनाएको हो । अन्तिम ३ बल बाँकी रहँदा आर्मीले इनिङ्स डिक्लेर गरेको हो ।

आर्मीका लागि भीम सार्की र बसिर अहमदले अर्धशतकीय पारी खेले । भीमले ९३ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए भने बसिरले ९८ बलमा ७ चौका प्रहार गर्दै ६७ रनको योगदान गरे ।

ओपनर इमरान शेखले ४२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिए । उनले १६.३ ओभरमा ४४ रन खर्चे । सो क्रममा उनले ३ मेडन फाले ।

उनले २०.५ ओभरमा इमरान शेख, २८.३ ओभरमा विवेक यादव, ५३.४ ओभरमा भीम सार्की, ५७.४ ओभरमा सोमपाल कामी र ५९.३ ओभरमा सोमपाल कामीलाई आउट गरे । प्रदिप पासवानले २ तथा हरिशङ्कर साह र अभिषेक तिवारीले १ विकेट लिए ।

अहिले मधेसले जवाफी ब्याटिङ गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार