असार २३, २०८२ सोमबार July 7, 2025

पाँचवटा संसदीय समितिको आज बैठक बस्दै

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुई वटा अजेन्डामा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद्का पाँच वटा समितिका बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् ।

आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुई वटा अजेन्डामा छलफल हुनेछ । जसअनुसार पहिलो अजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको पछिल्लो वैदेशिक भ्रमण सम्बन्धमा छलफल गरिनेछ भने दोस्रो अजेन्डामा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमामा छलफल हुनेछ । समितिका अनुसार बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः३० बजेबाट सुरू हुनेछ । बैठकमा केही नेपाल ऐनलाइ संशोधन गर्न बनेको बिधेयकका सबन्धमा सूचना तथा सञ्चार मन्त्रालयसँग सबन्धित बुँदामा छलफल हुनेछ ।

अपरान्ह १२ः३० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा विश्वविद्यालयसबन्धी विधेयकमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयसँग छलफल हुनेछ । बैठकका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायतलाई आमन्त्रित गरिएको समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया