असार २५, २०८२ बुधबार July 9, 2025

एन्फा राष्ट्रिय महिला लिग : आर्मीले बागमतीलाई ३-० गोलले हरायो

पराजित बागमतीको समान खेलबाट तीन अङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २९ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा बागमती प्रदेश माथि सहज जित निकालेको छ ।

सुपर लिग अन्तर्गत एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हरायो । आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गर्नुभयो ।

यसअघि सुपर लिगको पहिलो चरणको खेलमा पनि आर्मीले बागमतीलाई २–० गोलले हराएको थियो । जितसँगै आर्मीले पाँच खेलबाट १० अङ्क बनाएको छ । पराजित बागमतीको समान खेलबाट तीन अङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया