काठमाण्डौः खो-खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ।
नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो। खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन्।
सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ। समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन्। नेपालले बुधबार श्रीलंकासँग, बिहीबार बंगलादेशसँग खेल्नेछ।
हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२-३७ ले पराजित भएको थियो। पुरूष टोलीले आज पेरूसँग खेल्दै छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया