असार २५, २०८२ बुधबार July 9, 2025

महिला प्रधानमन्त्री कप : सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो

अब अर्को खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको ५६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमको पहिलो जित, गण्डकी ७ विकेटले पराजितसुदूरपश्चिमका लागि ओपनर रेवती धामी २१ रनमा अविजित रहिन् । कप्तान विन्दु रावलले ६, मनिषा बोहराले ९ र कविता कुँवरले ८ र शोभा रोकायाले ४ रन जोडिन् ।

गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले १–१ विकेट लिइन् ।यसअघि गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन बनाएको थियो ।

गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सृजना पौडेलले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि रेवती धामीले ४ तथा, जानकी थापा र रितु कनौजियाले १–१ विकेट लिइन् । अब अर्को खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार