असार २३, २०८२ सोमबार July 7, 2025

अर्थसहित चार संसदिय समितिको बैठक आज बस्ने

संघीय संसदका ४ समितिका बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। संघीय संसदका चार समितिको बैठक बस्दैछन्। संघीय संसद सचिवालयका अनुसार अर्थसहित चार समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन्।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरू हुनेछ। जहाँ नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुने जनाइएको छ।

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डाले निरन्तरता पाउनेछ। जसअनुसार तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ। कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान ११ः०० बजेबाट सुरू हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया