असार २५, २०८२ बुधबार July 9, 2025

सुदूरपश्चिम र एपीएफ क्लबको लगातार दोस्रो जित

एपीएफले गण्डकीलाई ८ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि २० प्रतियोगितामा बुधबार सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब नेपालले लगातार जित निकालेका छन्।

सुदूरपश्चिमले लुम्बिनीलाई र एपीएफले गण्डकीलाई पराजित गरर्दै लगातार जित निकालेका हुन्। सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ। पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो। लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको छ।

१ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रन जोड्दै अल आउट भयो। लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक १४ रन बनाइन्। कप्तान सरस्वती जिएमले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि रेवती धामीले ३, आशिका महराले २ तथा करिष्मा थापा, जानकी थापा, ऋतु कनौजीया र कविता कुँवरले समान १ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि कविताले सर्वाधिक ५५ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् ।

ओपनर मनिषा बोहोरा २३ र ऋतु कनौजिया १८ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुनले ३ तथा सम्झना मगर र मधु डिसीले समान १ विकेट लिए ।

यता, एपीएफले गण्डकीलाई ८ विकेटले पराजित गरेको हो। खेल १५ ओभरमा छोट्याइएको खेलमा ७१ रनको लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। एपीएफको जितमा कप्तान इन्दु बर्माले नट आउट रहदै सर्वाधिक २६ रन जोडिन्। उनले २१ बलमा २ चौका प्रहार गरिन्।

ममता चौधरी १८ रनमा आउट हुँदा रोमा थापा १४ रनमा नट आउट रहिन्। गण्डकीका लागि आकृती तिवारी र एशोदा भुजेलले समान १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर ७० रन जोडेको थियो। गण्डकीका कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन्।

रेखा तामाङ १७ तथा श्रेया शाही १३ रनमा आउट भए। एपीएफकी बिन्दु बुढाले २ तथा करुणा भण्डारीले १ विकेट लिइन्। एपीएफले मंगलवार पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो। गण्डकीको यो दोस्रो हार हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार