असार २५, २०८२ बुधबार July 9, 2025

जय ट्रफी मेन्स एलाइट कप : आर्मीविरुद्ध पुलिस ९५ रनले अगाडि

पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ २ गते । ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबबिरुछ ९५ रनको अग्रता लिएको छ ।

वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा बुधबार दोस्रो इनिङ्स सुरु गरेको पुलिस १३२/९ को स्थितीमा छ । पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित हुनुहुन्छ । पुलिसका लागि कुशल भुर्लेलले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोड्नुभयो ।

बलिङमा आर्मीका शाहब आलामले पाँच विकेट लिनुभयो । बसिर अहमदले चार विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १३३/९ को स्थितीमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । यसअघि आर्मी दोस्रो दिन एक सय ७० रनमा अल आउट भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया