असार २५, २०८२ बुधबार July 9, 2025

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

बार्सिलोनाले रियल बेटिसलाई ५-१ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ ।  गएराती सम्पन्न राउण्ड १६ को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा गाभी, जुलेस कोन्डे, राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए । त्यसैगरी रियल बेटिसका लागि एक गोल भिटोर रोक्यूले गरेका थिए ।

अहिलेसम्म बार्सिलोनासहित भलेन्सिया, लेगानेज, गेटाफे र एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगिसकेका छन् ।

क्वाटरफाइनलको ड्र जनवरी २० मा हुने छ भने क्वाटरफाइनलका खेल फेब्रुअरीमा हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया