असार २५, २०८२ बुधबार July 9, 2025

टुंगियो पारिश्रमिकको विवाद : बन्दाबन्दीको पारिश्रमिक दिन रोजगारदाता संगठन सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण उद्योग प्रतिष्ठानहरू ठप्प हुँदा निकै पेचिलो बनेको पारिश्रमिक विवाद अन्ततः ४ महीनापछि सुल्झिएको छ । मंगलवार रोजगारदाता र मजदूरका छाता संगठनबीच द्विपक्षीय सहमति भएसँगै चैत, वैशाख र जेठ महीनाको पारिश्रमिक समस्या समाधान भएको हो । असारदेखि भने आलोपालो प्रणालीअनुसार काममा लगाउने र उद्योग व्यवसाय पनि खुल्ने क्रम बढेकाले पारिश्रमिक विवाद नहुने देखिएको छ ।

रोजगारदाता र श्रमिकहरूका संगठनबीच भएको सहमतिअनुसार उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीले चैत महीनाको पूरै तलब पाउनेछन् । वैशाखको पारिश्रमिक ५० प्रतिशत भुक्तान गरी फरफारक पार्ने सहमति भएको छ । यसै गरी बन्दाबन्दीका कारण जेठमा पनि काममा आउन नसकेका कर्मचारीलाई उनीहरूले खाइपाई आएको पारिश्रमिकको ५० प्रतिशत भुक्तानी गर्ने सहमति भएको छ । उद्योग प्रतिष्ठानहरूले प्रतिष्ठानस्तरका ट्रेड युनियनसँग छलफल गरी आलोपालो लगायत विषयमा सहमति गर्न सक्ने सम्झौता पनि भएको छ ।

यससँगै अब पर्यटन क्षेत्रका होटेल, रेस्टुराँ र सानादेखि ठूला प्रतिष्ठानहरूमा बन्दाबन्दीका कारण भएको पारिश्रमिक समस्या समाधान भएको छ । होटेल तथा रेस्टुराँहरूले पनि श्रमिकलाई पारिश्रमिक दिने सहमति गरिसकेका छन् ।

द्विपक्षीय सहमति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत गठन भएको कार्यदललाई बुझाउने रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले जानकारी दिए । बन्दाबन्दीका कारण रोजगारी गुमाएका श्रमिकको पारिश्रमिक समस्या समाधान गर्न मन्त्रालयले वैशाखमै कार्यदल गठन गरेको थियो ।

पटकपटक बसेको कार्यदलको बैठकले समेत यो समस्या समाधान गर्न नसकेपछि उसले रोजगारदाता र श्रमिक संगठनलाई सहमति गरेर आउन निर्देशन दिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा रोजगारदाताका प्रतिनिधि संस्थाहरूका तर्फबाट यसमा निरन्तर पहल भएको थियो ।

अहिलेको अवस्थामा लगानी र नयाँ रोजगारी सृजना गर्न सकिने अवस्था नभएको र उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीलाई पनि रोजगारी दिन जरुरी भएको आचार्यले बताए । उनले न्यूनतम रोजगारी दिएर भए पनि श्रम सम्बन्ध सुमधुर राख्न आवश्यक देखिएको भन्दै रोजगारी सुनिश्चित गर्न आलोपालो प्रक्रियाबाट काम गर्ने वातावरण बनाउने निर्णय भएको बताए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले असारदेखि उद्योगहरू सञ्चालन भएकाले अब पारिश्रमिकको समस्या नहुने विश्वास व्यक्त गरे । उनले अब कुनै प्रतिष्ठानले कर्मचारी तथा श्रमिकलाई निकाल्न नमिल्ने तर उद्योग प्रतिष्ठानमा काम कम भएमा साबिकको समयलाई घटाएर भए पनि काममा लगाउने सहमति बनेको बताए ।

द्विपक्षीय सहमतिमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायत रोजगारदाताका संस्था र टे«ड युनियन समन्वय केन्द्रसँग आबद्ध ट्रेड युनियन महासंघका अधिकारीहरूले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार बन्दाबन्दी अन्त्य भई उद्योग व्यवसाय सञ्चालन हुन थालेकोमा काममा आउने श्रमिकलाई पारिश्रमिक भुक्तानी गरिनेछ । आर्थिक अभियानबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार