असार २५, २०८२ बुधबार July 9, 2025

झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट

४५ वर्षमाथिका पुरुष भेट्रान प्रतिस्पर्धामा नेपाल राष्ट्र बैंकबाट सहभागी रेवत दाहाल एक घण्टा १० मिनेटमा पूरा गर्दै प्रथम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट), ६ माघ : नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितामा लामो दुरीको दौडतर्फ पुरुषमा अर्जुन बुढा र महिलामा विमला तामाङ विजयी हुनुभएकी छन् ।

प्रतियोगितामा १३ दशमलव पाँच किलोमिटर दुरीको खुला महिलातर्फ १ घण्टा १३ मिनेट ३० सेकेण्डमा पूरा गर्दै तामाङ प्रथम हुनुभयो । उक्त दुरी १ घण्टा १३ मिनेट ४३ सेकेण्डमा पूरागर्दै नेपाल प्रहरीको निमा लाक्पा शेर्पा दोश्रो र एकघण्टा १३ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै रोल्पाकी आश्मा विश्वकर्मा तेस्रो हुनुभयो ।

१३ दशमलव पाँच किमी खुला पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अर्जुन बुढा ५३ मिनेट २६ सेकेण्डमा पूरा गर्दै पहिलो हुनुभयो । सोही दुरी ५३ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै सोही क्लबका टङ्क कार्की दोस्रो र ५७ मिनेट ३४ सेकेण्डमा पूरा गर्दै ललितपुरका प्रविण लिम्बू तेस्रो हुनुभयो ।

स्थानीय पुरुषमा बिमल थापा मगरले एक घण्टा ४ मिनेटमा निर्धारित १३ दशमलव पाँच किमी पार गर्दै प्रथम हुनुभयो । उक्त दुरीअन्तर्गत ४५ वर्षमाथिका पुरुष भेट्रान प्रतिस्पर्धामा नेपाल राष्ट्र बैंकबाट सहभागी रेवत दाहाल एक घण्टा १० मिनेटमा पूरा गर्दै प्रथम हुनुभयो ।

प्रतियोगिताअन्तर्गत चार दशमलव पाँच किमी खुला जुनियर छात्रतर्फ काठमाडौँका नवराज बानियाँ र छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका आयुश्मा आचार्य प्रथम हुनुभयो । सोही दुरीमा स्थानीय विद्यालयतका विद्यार्थीको प्रतिस्पर्धामा छात्रतर्फ महादेव माविका गोकुल कुँवर र छात्रातर्फ इन्द्रेश्वर आधारभूत विद्यालयका सकिना तामाङले प्रथम स्थान हासिल गर्नुभयो ।

चार दशमलव पाँच किमी दुरीको दौड प्रतियोगितामा आमा समूहको तर्फबाट सनिता श्रेष्ठ र सोही दुरीमा ४५ वर्षमाथीका स्थानीय हजुरबा र बा समूहको तर्फबाट चन्द्रमान श्रेष्ठ प्रथम हुनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार