असार २५, २०८२ बुधबार July 9, 2025

यू-१९ महिला विश्वकप : नेपाल आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने

समूह ‘डी’ मा रहेका दुवै देश पहिलो जितको खोजीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा आज (सोमबार) नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो ।

पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । समूह ‘डी’ मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया