असार २५, २०८२ बुधबार July 9, 2025

नेपाल कबड्डी लिग : जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१ स्कोरले हरायो

जनकपुरको लगातार दोस्रो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनकपुर नाइट्सले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दोस्रो जित पाएको छ । सोमबार जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१ स्कोरले हरायो । जनकपुर १० अंकसहित शीर्षस्थानमा उक्लिएको छ । धनगढीको १ अंक छ ।

यसअघि जनकपुरले हिमालयन रेइडर्सलाई ३५–२४ ले हराएको थियो । धनगढीले भने विराटनगर ब्यान्डिट्सविरुद्धको खेल ४६–३४ ले गुमाएको थियो । जनकपुरले रेडमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसबाट टोलीले २४ अंक बटुल्यो । ट्याकलबाट (अलआउटबाट ४ र बोनस अंकसहित) ६ अंक जोडेको थियो । धनगढील रेडबाट २७, ट्याकलबाट ४ र बोनसबाट ११ अंक जोडेको हो ।

सुरुमा धनगढीले जनकपुरलाई दबाबमा राखेको थियो । तर, ट्याकलमा कमजोर हुँदा धनगढी पहिलो हाफमै दुईपल्ट अलआउट भयो । जनकपुरले भने ट्याकलमा सानदार प्रदर्शन गर्दै ६ अंक जोड्यो । धनगढीले २ अंकमात्रै जोड्न सकेको थियो

रेडमा दुवैले ६–६ अंक जोडे पनि जनकपुरले एक्स्ट्रा प्वाइन्ट बढी पायो । जनकपुपरले पहिलो हाफमै ७ अंक अग्रता लिन लियो । दोस्रो हाफमा धनगढीले १८ र जनकपुरले १६ अंक जोडेको थियो । दोस्रो हाफको सुरुआतमै धनगढी एकपल्ट अलआउट नजिक पुगिसकेको थियो । विदेशी खेलाडी एनसिन अरफातले रेडमा दुई जनालाई आउट गराएर धनगढीलाई बचाएका थिए । जनकपुरले दोस्रो हाफमा पनि दुईपल्ट अलआउट बनायो । १८ अंक जोडेको धनगढीको दोस्रो हाफमा पुनरागमन प्रयास सफल हुन सकेन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया