असार २६, २०८२ बिहिबार July 10, 2025

क्रिकेटर शाकिब अल हसनविरुद्ध चेक बाउन्ससम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी

शंकास्पद बलिङ एक्शनका कारण सबै फर्म्याटमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बंगलादेशका पूर्व कप्तान र अनुभवी क्रिकेटर शाकिब अल हसनविरुद्ध चेक बाउन्ससम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । ढाकास्थित अदालतका मुख्य न्यायाधीश जियादुर रहमानले पक्राउ पूर्जी जारी गर्दै प्रहरीलाई २४ मार्चभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

गत वर्ष, डिसेम्बर १५ मा शाकिब अल हसन र अन्य तीन व्यक्तिमाथि चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता भएको थियो । आईएफआईसी बैंकका रिलेसनसिप अफिसर शाहिबुर रहमानले ४१.४ मिलियन बंगलादेशी टाका (करिब २.९५ करोड रुपैयाँ) रकम ट्रान्सफर नहुँदा मुद्दा दायर गरेका थिए।

डिसेम्बर १८ मा अदालतले प्रारम्भिक सुनुवाइ गर्दै शाकिबलाई जनवरी १९ मा अदालतमा उपस्थित हुन आदेश दिए पनि अदालतको आदेश उल्लङ्घन गर्दै उनी अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी गरिएको हो।

शाकिबले अन्तिमपटक २०२४ को अन्त्यतिर कानपुरमा भारतविरुद्ध टेस्ट खेलेका थिए। तर, शंकास्पद बलिङ एक्शनका कारण उनलाई सबै फर्म्याटमा प्रतिबन्ध लगाइएको छ।

शाकिबलाई जनवरी ७, २०२४ मा अवामी लिग पार्टीबाट सांसदका रूपमा चयन गरिएको थियो। अहिले उनी अमेरिकामा यसअघि पनि शाकिबमाथि हत्या अभियोग लागेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार