असार २३, २०८२ सोमबार July 7, 2025

गण्डकीको हिउँदे अधिवेशन २१ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

हिउँदे अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बोलाउने निर्णय भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २१ गते दिउँसो २ बजे संसद बैठक डाक्न प्रदेश प्रमुसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गण्डकी सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । प्रदेश सभाको बर्खे अधिवेशन गत असोज ७ गते अन्त्य भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया