कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

पोखरा महानगरमा लगाइएको ताला ३ बुँदे सहमतिपछी खुल्यो

तीनबुँदे सहमतिपछि कांग्रेसले महानगरमा लगाएको ताला खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका छन्।

मेयर धनराज आचार्यसँग तीन बुँदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका हुन्। गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरुले मेयर आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।

सोही दिन नेकपा एमाले समर्थित नगरसभासदहरुले भने महानगरको बिशेष नगरसभाले पारित गरेका एजेण्डाहरु त्यस दिनको नगरसभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्य्क्ष बिष्णु प्रसाद बरालले जानकारी दिए।

नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार, मेयर धनराज आचार्यसँग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु विच गएको मंसिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित सातबुदे सहमति अक्षरशस् पालना गर्ने, सम्पुर्ण वडा कार्यालय, महाशाखा, शाखा लगाएत खर्च केन्द्रहरुका शिर्षकान्तर र रकमान्तर हुन नसकी पूर्वाधार विकास तथा अन्य कार्यहरु ठप्प हुनगएको अवस्थामा महानगरको १६ औं नगरसभा मार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरासभा माघ ११ गते बोलाउने सहमति भएको छ।

कांग्रेस संसदीय दलका नेता आफूहरु करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरु कार्यान्बयन गर्नमा प्रतिबद्ध रहेको बताउँछन् ।

यता नेकपा एमालेका तर्फबाट पोखरा ५ मा वडाध्यक्ष बनेका विष्णुप्रसाद बरालले बिगतमा आफ्नो पार्टीसँग भएको सहमति बमोजिमका एजेण्डाहरु माघ ११ गतेको नगर सभामा पेश नभए बैठक नै चलन नदिने दाबी गर्छन् । वडाध्य्क्ष बराल आउने नगसभा बैठकमा आर्थिक महाशाखा गठन, बक्यौता रकम असुली सम्बन्धि कार्य योजना लगायतका प्रस्ताबहरु नआएमा बैठक नै चलन नदिने बताउँछन् ।

वडाध्यक्ष बरालको प्रश्न छ, ‘जनाप्रतिनिधिसँग भएको सहमति कार्यान्बयन गर्नमा नेपाली कांग्रेस सहमत हो भने महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा किन ताला लागाइएको हो ? उनीहरुले किन तालाबन्दी गरेर किन खोले त ?’

सहमति कार्यान्बयन सम्बन्धमा नगरासभामा नै छलफल गर्न सक्ने अवस्थामा नेपाली कांग्रेसले महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर महाभूल गरेको वडाध्य्क्ष बरालको टिप्पणी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्रीबिच अन्ताल्यामा द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार