असार २४, २०८२ मंगलबार July 8, 2025

ब्राजिलमा सन् २०२४ मा डढेलो क्षेत्रमा ७९ प्रतिशतले वृद्धि

ब्राजिलको अमेजनमा सन् २०२४ मा १७ वर्षयताकै सबैभन्दा बढी डढेलो लागेको सरकारी तथ्याङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रियो दि जेनेरियो, ९ माघ । ब्राजिलमा गत वर्ष लागेको डढेलोले इटालीको सम्पूर्ण क्षेत्रभन्दा ठूलो क्षेत्र ओगटेको बुधबार सार्वजनिक भएको एक अनुगमन रिपोर्टमा उल्लेख गरिएको छ ।

सन् २०२४ मा ब्राजिलमा करिब तीन करोड आठ लाख हेक्टर (एक लाख १९ हजार वर्ग माइल) वनस्पति जलाइएको थियो, जुन सन् २०२३ को तुलनामा ७९ प्रतिशतले बढी हो।

अमेजनमा लागेको डढेलो, बाँकी विश्वका लागि महत्वपूर्ण ‘कार्बन सिङ्क’का साथै जैविक विविधताको वैश्विक केन्द्र ५८ प्रतिशत क्षतिको लागि जिम्मेवार छ ।

नोभेम्बरमा अमेजनको बेलेम शहरमा संयुक्त राष्ट्र संघको कोप ३० जलवायु सम्मेलनको आयोजना गरेको ब्राजिल र राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको सरकारका लागि यो आँकडाले निरुत्साहित गर्ने समाचार हो ।

सन् २०२४ को ब्राजिलको डढलोको तथ्याङ्कले सन् २०१९ यताकै जलेको क्षेत्रको सबैभन्दा ठूलो क्षेत्रलाई प्रतिनिधित्व गर्छ ।

सन् २०२३ मा २२ लाखको तुलनामा सन् २०२४ मा करिब ८५ लाख हेक्टर वनमा डढेलो लागेको थियो र अमेजनमा पहिलो पटक घाँसे मैदानभन्दा बढी डढेलो लागेको वन धेरै भएको तथ्याङ्कले देखाएको छ ।

म्यापबायोमासका एने एलेनकरले भने, “यो एक भयानक सूचक हो, किनकि, एक पटक जङ्गलमा डढेलो लागेपछि जलवायु परिवर्तनले वनस्पतिलाई सुख्खा बनाउँछ भविष्यमा डढेलो लाग्ने सम्भावना बढी हुन्छ ।

तर ब्राजिलमा डढेलोको मुख्य चालक खेतालाहरू र किसानहरू हुन् जसले चरन र कृषिको लागि भूमि खाली गर्छन् । यो एक अपराध हो जुन सरकारले नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ ।

लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा अमेजन क्षेत्रमा मानव विस्तारविरुद्ध फितलो सुरक्षा प्रदान गरेपछि अमेजनको संरक्षणलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।

तर गत सेप्टेम्बरमा जङ्गलमा लागेको डढेलोको सामना गर्न देश शतप्रतिशत तयार नभएको बताएका थिए ।

ब्राजिलको अमेजनमा सन् २०२४ मा १७ वर्षयताकै सबैभन्दा बढी डढेलो लागेको सरकारी तथ्याङ्कले देखाएको छ ।

नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (आईएनपीई) का अनुसार गत वर्ष‘स्याटेलाइट इमेजिङ’ बाट एक लाख ४० हजार ३२८ वटा डढेलो लागेको रेकर्ड गरिएको छ ।

यो सन् २०२३ मा भएका ९८ हजार ६३४ डढेलोको तुलनामा ४२ प्रतिशतले बढी हो र सन् २००७ मा एक लाख ८६ हजार ४६३ वटा डढेलो देखिएयताकै सबैभन्दा बढी हो ।

आईएनपीईले सन् २०२४ को अगष्टसम्मको १२ महिनाको अवधिमा यस क्षेत्रमा वन फँडानी ३० प्रतिशतभन्दा बढीले घटेको बताएको थियो ।

लगातार वन फँडानीले अमेजनलाई यस्तो बिन्दुमा पुर् याउनेछ जहाँ यसले अवशोषित भन्दा बढी कार्बन उत्सर्जन गर्नेछ र जलवायु परिवर्तनलाई गति दिनेछ भनी वैज्ञानिकहरुले चेतावनी दिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार