असार २५, २०८२ बुधबार July 9, 2025

सभापति कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदै

उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० माघ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा  हुने उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा सहभागी टिमले तयारी राम्रो भएको बताएका छन् ।

उक्त प्रतियोगिताको खेल हेर्न आउने दर्शकका लागि भिआइपी प्याराफिटतर्फ रू तीन सय र साधारणतर्फ रू एक सय टिकट मूल्य निर्धारण आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रू २६ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले रू १३ लाख प्राप्त गर्नेछ ।

यसैगरी हरेक खेलमा म्याच फि का रूपमा प्रत्येक टिमले रू ५० हजार पाउनेछन् भने प्लेयर अफ दी म्याचलाई रू १५ हजार प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई रू ७५ हजार, उत्कृष्ट गोलकिपरलाई रू ५० हजार, सर्वाधिक गोलकर्तालाई रू ५० हजार र उदीयमान खेलाडीलाई रू २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार