कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछानेको आजको थुनछेक बहस सकियो

आज पनि रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल । रास्वपाका सभापति रवि लामिछानेको आजको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । सहकारी पीडित पक्षका पनि केही वकिलले बहस गरेका छन् ।

आज पनि रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको छ ।सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् ।

प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेका लामिछाने हिजो (बुधबार) आफैं जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालले बयान गराएर लामिछानेलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएको थियो ।

लामिछानेलाई हिजो परिवारको जिम्मा लगाएको प्रति सरकारी वकिलहरुले इजलासमा आक्रोश व्यक्त गरेका छन् । लामिछानेलाई हिजो परिवारको जिम्मामा छाड्नुले थुनछेकको औचित्य नै समाप्त भएको भन्दै उनीहरुले न्यायाधीश योगीप्रति कटाक्ष गरे । सरकारी वकिलहरुले न्यायाधीश योगीले थुनछेकको विधिशास्त्र नै मिचेको संकेत गरे ।

बयान दिन आएको मान्छेलाई पुन परिवारको जिम्मा लगाएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारी वकिलले लामिछाने जोडिएको मुद्दा नहेर्न समेत न्यायाधीश योगीलाई सुझाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्रीबिच अन्ताल्यामा द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार