मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपिएफको सहज जित

सुपरफोर चरणको खेलमा एपिएफले आर्मीलाई ६९ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी, माघ ११ गते । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि सहज जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको सुपरफोर चरणको खेलमा एपिएफले आर्मीलाई ६९ रनले पराजित गरेको हो । एपिएफको जितमा रेखा रावलले आर्मीको एक्लै चार विकेट लिएर प्लेयर अफ द म्याचको उपाधि जित्नुभयो ।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित १७ ओभर खेल्दै तीन विकेटको क्षतिमा ११५ रन बनाएको थियो । एपिएफका लागि राजमती ऐरीले ३५, कविता जोशीले ३४, कप्तान इन्दु बर्माले १८ र ममता चौधरीले ११ रनको योगदान दिनुभयो ।

बलिङ गर्दै आर्मीका लागि सुस्मिता भुषालले दुई र इश्वरी विष्टले एक विकेट लिनुभयो । जवाफी ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरको अन्तिम बलमा अलआउट हुँदै ४६ रनमात्रै बनाउन सक्यो । आर्मीका लागि राधिका पुजाराले १७ र लक्ष्मी साउँदले १० रन बनाउनुभयो ।

बलिङतर्फ एपिएफका रेखा रावलले चार, सवनम राईले दुई र कप्तान इन्दु बर्माले एक विकेट लिएर आर्मीको खेललाई धरासयी बनाउनु भएको थियो । सुपरफोरको अर्को खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार