असार २५, २०८२ बुधबार July 9, 2025

दिक्तेल रूपाकोट मझुवागढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा छनोट भएका विद्यार्थीले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने अवसर पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, ११ माघः दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू गरेको छ । शुभम् फाउण्डेशनद्वारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा नगरपालिकाभित्रका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।

दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दोसहित ४९ विधामा ९८ स्वर्ण, ९८ रजत र एक सय २२ रजत पदकका लागि प्रतिस्पर्धा गराइने सहआयोजक जनजागृति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिनुभयो ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्याका विजयीलाई ट्रफी र प्रमाणपत्र तथा समग्रमा पालिका प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि नगरपालिकाको रु १० लाख तथा सहआयोजकको रु तीन लाख ७४ हजार एक सय ५० खर्च हुने अनुमान गरिएको नगर शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी विद्यालयलाई खेल सामग्री तथा यातायात भाडाका लागि आवश्यक बजेटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले आज ब्यानरसहितको बेलुन उडाएर औपचारिक उद्घाटन गर्नुभयो । उहाँले खेल क्षेत्रको समग्र विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै भन्नुभयो, “खेलकुदले खेलाडीको व्यक्तित्व विकासमात्र नभई देशलाई विश्वसामु परिचत गराउँछ । खेल क्षेत्रको विकासमा प्रदेश तथा सङ्घीय सरकारले लगानी गरिरहेको छ ।

उहाँले खेल क्षेत्रको समग्र विकासका लागि विद्यालयले पठनपाठनसँगै खेलसँग सम्बन्धित गतिविधि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताउँदै सानै उमेरदेखि खेल क्षेत्रमा लागेका व्यक्ति भविष्यमा उत्कृष्ट खेलाडी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा खेल कौशलसमेत प्रस्तुत गरिएको थियो । अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा छनोट भएका विद्यार्थीले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने अवसर पाउने छन् । दश स्थानीय तह रहेको खोटाङको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले तेस्रोपटक अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीले प्रदेश तथा राष्ट्रियस्तरको १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका १० वटै स्थानीय तहले पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन् । उक्त प्रतियोगिताको मिति भने अहिलेसम्म टुङ्गो लागेको छैन । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार